प्रहार समाचार I काठमाडौं, कार्तिक १९ ।
टी-२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेकाे हाे ।
सुपर ओभरमा अभिनाष बाेहाेराकाे बलमा ओमानले २१ रन जाेडेको थियाे । यसअघि १८५ रनकाे लक्ष्य पाएकाे ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएकाे थियाे ।
नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा फाइनल खेल हेर्न पुगेका थिए।
नेपाल सुपर ओभरमा १० रनमा मात्र सिमित रह्यो ।
























