हेडलाईनव्याससमाचारगण्डकी

सडक पेटि अतिक्रमण गर्ने माथि खनियो व्यास नगर प्रहरी

प्रहार समाचार । तनहुँ, कातिक१९ आईतबार ।

तनहुँको व्यास नगरपालिकाले वडा नम्बर २, ३ र ४ क्षेत्रमा अवस्थित तवरले फुटपाथका पेटीलाई नै प्रभावित गर्ने गरि  राखिएका सामानहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगर प्रहरीले सडक पेटीमा अव्यवस्थित तरिकाले राखिएका सर सामग्रीहरूलाई जफत गरी व्यास-३ मा रहेको भतेरीमा  खाल्डो खनि आईतबार  विसर्जन गरेको हो। 
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमारकञ्चन जिसी, अधिकृत रामचन्द्र हड्खले, नगर प्रहरी सायक निरीक्षक आशिक परियार  र पत्रकारको संयुक्त रोहवारमा उक्त सामग्रीहरू विसर्जन गरिएको हो ।

विसर्जन गरिएका सामग्रीहरुमा खेलौना, स्याउ , सुन्तला , नुन, च्याउ, गोलभेडा  लगायतका दश थरि सामग्रीहरु रहेका थिए। व्यापारिहरुलाई पटक पटक सडक पेटिहरुमा पैदल यात्रुहरुलाई हिड्न समस्या पार्नेगरि नराख्न आग्रह गर्दा पनि अटेर गरेका कारण वाध्य भएर ति सामाग्रीहरु उठाउन परेको नगर प्रहरी सहायक निरिक्षक आशिक परियारले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button