प्रहार समाचार । काठमाडौं,कात्तिक १९ आइतबार ।
सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यस्ता सामग्री स्वतः हट्ने व्यवस्था गर्ने भएको छ । गृहमन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै यस बारेमा गत शुक्रवार मन्त्रालयमा छलफलसमेत भएको जनाएको छ ।
‘टिकटक लगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेका छन् । यिनीहरूको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन–दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउँछ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्दछन् ।’
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था गर्न लागिएको गृहले जनाएको छ ।
त्यस्तो व्यवस्थाका लागि नेपाल प्रहरीको साइबर ब्यूरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य गर्ने उद्देश्यले यही कात्तिक १७ गते शुक्रवारका दिन गृह मन्त्रालयमा छलफल समेत भएको मन्त्रालयले जनाएको छ ।
छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलबाट टिकटकमार्फत