हेडलाईनव्याससमाचारगण्डकी

पृथ्वी राजमार्गमा बस दुर्घटना : चालक सहित ३४  घाइते

प्रहार समाचार | तनहुँ, कार्तिक १८ शनिबार ।

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारी स्थित पृथ्वी राजमार्ग खण्डमा आज बिहान बस दुर्घटना हुँदा बस चालक सहित ३४  जना घाइते भएका छन्

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उदयपुर जिल्लाको कटारीबाट पोखरा तर्फ आउँदै गरेको ५ ख १७५२  नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई  दुर्घटना भएको थियो ।   घाइते ३४ जना मध्ये २९  जनाको सामान्य उपचारपछि घर पठाइएको र पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये सिन्धुली दुधौली नगरपालिका  – १२ का ३३  वर्षीया विष्णु परियारलाई उपचारका लागि सि एम सि हस्पिटल भरतपुर चितवन पठाइएको छ भने पोखरा उपमहानगरपालिका – १६  का सात वर्षीय अभिनय अनमोलको अन्नपूर्ण हस्पिटल  पोखरामा उपचार भइरहेको छ ।  सोही ठाउँका ३०  वर्षीया बिमला श्रेष्ठको पनि सोहि हस्पिटलमा उपचार भइरहेको छ ।  त्यसैगरी सर्लाही बागमति नगरपालिका – ११  मिलनचोकका १७  बर्षिय अमृत रानाको र इटहरी नगरपालिका – २ निवासी ७१  वर्षीया मनकुमारी कटुवालको भने मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका लागि पठाइएको छ  जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खँडले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button