हेडलाईनसमाचारबागमतीखेलकुद

टि २० विश्वकप एसिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै

प्रहार समाचार । काठमाडौंटी, कार्तिक १६ ।

टि २० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button