हेडलाईनसमाचारबागमतीखेलकुद

नेपालले सेमिफाइनल खेल   यूएईसँग खेल्ने

प्रहार समाचार । काठमाडौ, कार्तिक १६ बिहिबार ।
आईसीसी टि-२० विश्वकप एसिया फाइनल छनोटको निर्णायक खेलमा नेपालले यूएईसँग खेल्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार ओमानसँग पराजित भएसँगै नेपालले सेमिफाइनल खेल समूह बीको विजेता यूएईसँग शुक्रबार प्रतिस्पर्धा गर्ने भएको हो। सेमिफाइनल खेल मुलपानीमा हुने छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार ओमानसँग पराजित भएसँगै नेपालले सेमिफाइन यस अगाडि समूह चरणमाको खेलमा नेपालले सिंगापुर र मलेसियालाई पराजित गरेको थियो। नेपालका लागि भोलिको खेल महत्त्वपूर्ण रहेको छ। नेपालले भोलिको खेलमा यूएईलाई पराजित गरेको खण्डमा मात्र आईसीसी टि-२० विश्वकप खेल्नआज भएको खेलमा नेपाल ओमानसँग ५ रनले हारेको थियो। ओमानका विलाल खानले तीन किकेट, अकिब इलयास, सकिल अहमद  र मेहरान खानले समान दुई/दुई विकेट र कप्तान जिशान मकसुदले एक विकेट लिएका थिए । 

ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनमा समेटियो। नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन जोडे। कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२, कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

यस अगाडि नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले समान १/१ विकेट लिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button