प्रहार समाचार । तनहुँ, कार्तिक ९ शुकबार ।
नगरपालिका वडा नम्बर ११ निवासी हरिकृष्ण खनालमाथि खुकुरी प्रहार भएको छ। ४३ वर्षीय खनालमाथि व्यास ११ रामथुम्कीका युवाहरुले सामान्य कुरामा विवाद हुँदा दशैंको टिकाको दिनमा खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहन बहादुर खाँडका अनुसार खुकुरी प्रहार गर्नेमा व्यास ११ रामथुम्की निवासी सचिन परियार सोहि ठाउँका पवन दुरा र रामकुमार दुरा रहेका छन्।
परियार र दुरा बिरुद्ध घाइतेका भाई लक्ष्मी प्रसाद खनालले अभद्र व्यवहार गरेको भनि जिल्ला प्रहरी कायालय तनहुँ दमौलीमा जाहेरी दिएका छन्।
खनाल घाइते भएपछि तत्काल दमौली अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको टाउको, ढाड, कम्मरको नलिहड्डीमा खुकुरी प्रहार भएको थियो। खनाल अहिले उपचार पछि घरमानै रहेका र उनि हिँडडुल गर्ने नक्ने अवस्थामा घरमानै सुतिरहेका भाई लक्ष्मी प्रसाद खनालले प्रहार समाचारलाई बताए ।
खुकुरी प्रहार गर्ने परियार र दुरालाई प्रहरीले अहिलेसम्म पक्रन सकेको छैना । उनिहरुको खोजि भईरहेको प्रहिले जनाएको छ ।





















