हेडलाईनसमाचारप्रदेश

भ्रष्टाचारका अझै ठूला फाइल खोल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ

प्रहार समाचार । कार्तिक-९ शुक्रबार ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अझै ठूला ठूला फाइल खोल्ने बताएका छन् । रुकुम पश्चिमको मग्मा पुगेका प्रधानमन्त्रीले सुशासन सरकारको पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारको अन्त्यका लागि सरकार कटिबद्ध रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को वडा समिति बैठकमा भाग लिन मग्मा पुगेका हुन् ।

‘तपाईंहरुलाई थाहा छ सरकारले मिटरब्याजीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचारका ठूला फाइलहरु खोलेको छ, यो रोकिने छैन्,’ उनले भने, ‘म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु सरकारले अझ ठूलठूला भ्रष्टाचारका फाइलहरु खोल्ने छ ।’



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button