हेडलाईनविचारमनोरञ्जन

नजरको ओझेलामा बाजथलाको मनमोहक दृश्य

लक्ष्मी मल्ल

बाजथला । यहाँका स्थानीयका अनुसार यहाँ मानव बस्ती भन्दा पहिला यो ठाउ एक चउर रहेको र यहाँ गिद्द र बाजहरु बस्ने भएकोले मानब बास्तिसंगै  यो ठाउलाई बाजथला नामाकरण गरिएको हो ।

अन्नपूर्णको काखबाट जन्मिएकी सेतीनदी पोखरा सङ लुकामारी खेल्दै दुलेगौडा समिपमा रहेको रक गार्डेन सङ्‌ग सुसाउँदै  प्रवाहमा बगिरहेकी छिन् ।


 

बाजथला साच्चिनै प्राकृति  सुन्दरताले भरिएको छ। उत्तरमा धौलागिरी हिमशृखला, अन्नपूर्ण हिमशृङ्खला निलागिरी, मनास्लु हिमाल मुस्काइरहेको देखिन्छ भने  आठ हजार मिटर अग्ला हिमालहरूको उचाइसँगै पाँच सय मिटर उचाइसम्म एकै ठाउबाट सहजै द्श्यावलोकन गरि हरियो जङ्ले अनि सुन्दर फाटहरुसँग लुकामारी गर्न सकिन्छ।बिशेषगरी बाजथला चरा हेर्नको लागि, ध्यान योगा गर्न र सुन्दर दृश्यावलाेकन गर्न र सूर्यादय  र सूर्यस्त  हेर्नको लागी निकै गज्जबको ठाउँ रहेकाे छ ।
यहाँ कम्तिमा पनि तीन सय प्रजातिका चराचुरुङीहरु सहजै देख्न सकिन्छ भने सयौं प्रजातिका बनस्पती र रुखहरुकोपनि अध्याय गर्न सकिन्छ ।बाजथला पोखरा देखी झान्डै ३० किमी र काठमाडौ  देखी लगभाग १८० किमी दुरिमा पर्दछ । पोखराबाट दक्षिण र काठमाडौबाट  पश्चिममा पर्दछ ।

बाजथलाको पैदला यात्रा गर्दा पोखरा देखी दुलेगौडा सम्म सवारी साधन चडी दुलेगौडाबाट  पैदल यात्रा शुरु  गर्न सकिन्छ । दुलेगौडाको काखमा रहेको रक गर्डेनको दृश्य, सेती नदीको कलकल प्रवाहलाई नियाल्दै तिब्बतियन शरणार्थी शिविरलाइ छिचोल्दै अगाडि बढ्न सकिन्छ । दुलेगौडाबाट बाजथला लगभाग दुई /चार घन्टाको पैदल यात्रामा सहजै पुग्न सकिन्छ। । त्यहाँबाट चन्द्र भुजेल सरको  बाजथला ट्रेडिसिनल रिसोर्टमा पुगिन्छ । यो रिसोर्टत् यहाँको एक मात्र रिजोर्ट हो,जहाँ परिवारिक वातावरणमा पाहुना भएर जाने र साथी भएर फर्कने वातावरण छ  । बाटोमा तिब्बतियन शरणार्थी क्याममा तिब्बतियन बुद्धिष्ट सस्कृती, भेषभुषा, तिब्बतिवाज,रहनसहन अनि  बुदिष्ट सस्कृतीका कलात्मक, सुन्दर तिब्बतियन गुम्बा को अबलोकन गर्न सकिछ ।

तिब्बतियन शरणार्थी क्याम नजिक एउटा पुरानो प्रतिक्षालाय पनि छ । त्यहाँ मानिहहरु आउँदा र जाँदा बिश्राम गर्ने गर्दछन्। भाटिको डिलहुँदै  गाउँहेर्दै हरिया फाँटहरु सिंहावलोकन गर्दै जङलको उकालो बाटो  हिँड्नुकाको मज्जा बेग्लै हुन्छ । जङ्लको उकालो बाटो लाग्दै गर्दा चराचुरुङि, बनस्पती बोटबिरुवा अनि बिभिन्न जनवारहरु पनि नियाल्न पाउँदा कस्को मन नरमाउला र ?  जङलको बाटोमा बाजथलाबाट हाइकिङका पारखिहरू लाई मध्यनजर गर्दै हाइकिङको व्यवस्था पनि मिलाइएको छ । मुलकोट एतिहासिक राज दरबारको  त्यहाँ पुगेर बाजथला आउन लग्भाग पाँच / छ  घण्टा लाग्छ है नआत्तिनुहोला नि !  फेरि त्यहिँबाट सुरु हुन्छ मिलिलियम ट्रेकिङ । बाजथला तपाईँहरुको सुखद आगमनको प्रतिक्षागरि कुरि बसिरहेको छ। जय पर्यटन, जय सुन्दर प्रकृति । अस्तू । ( लक्ष्मी मल्ल – ट्रेकिङग गईड ।)



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button