प्रहार समाचार । तनहुँ, कातिक ६ ।
काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा जारी त्रिकोणात्मक टी २० शृङ्खला अन्तर्गत नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर 20 ओभर सम्पूर्ण नखेली 19.2 ओभरमै भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका जोड्दै 50 बलमा 62 रन बनाए । पहिलो अर्डरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल चलेनन् र कुशल मल्ल पनि 2 बल खेल्दै 0 रनमै आउट भए । रोहित पौडेलले कप्तानी समाल्दै 42 बल खेलेर 4 चौका र 1 छक्का लगाउँदै 47 डन बनाए र दिपेन्द्र सिंह ऐरीले 40 रन को शानदार ब्याटिङ गरे जसमा उनले मात्र 15 बल खेली 6 चौका र एक छक्का लगाए र आजको खेलमा उनी नै प्लेयर अफ द म्याच भए ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ / ४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे । नेपालका सोमपाल कामी र अविनाश बोहोराले २ /२ विकेट लिए । करण केसी र गुल्शन झाले १/१ विकेट लिएका थिए ।

समग्र रुपमा हेर्दा नेपाली क्रिकेट टोलीले अति नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र उनीहरूको खेलमा पहिलाभन्दा अहिले निकै निखार देखिएको छ। आफ्नै घरेलु मैदानमा खेल्नु पनि एउटा फाइदाको कुरा हो र यो फाइदालाई हाम्रो नेपाली टोलीले उत्कृष्ट रुपमा उठाएका छन् ।

























