प्रहार समाचार । तनहुँ ,कात्तिक १।
हाम्राे पुँजी हाम्राे लगानी,भविष्यकाे सुखमय जिन्दगानी भन्ने मुल नाराकासाथ स्थापित मेलमिलाप कृषि सहकारी संस्थाकाे बाह्राैं साधारण सभा मंगलबार सम्पन्न भएकाे छ ।
साधारण सभाकाे उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्याैपानेले नगरपालिकाले सहकारीहरुलाई नियमन गर्नकालागि छिट्टै कार्यबिधि बनाएर अगाडि बढिने र नगरपालिका भित्रका सम्पूर्ण सहकारीका सञ्चालकहरुकाे भेला राखि छलछल अगाडि बढाईने बताए ।

सहकारीका अध्यक्ष चूडामणि दाहालकाे सभापतित्वमा भएकाे कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारी,सहकारीका लालिगुराँस सहकारीका अध्यक्ष यज्ञप्रसाद खनाल,कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता कमलामाेहन वाग्ले,उपाध्यक्ष कृष्णचन्द्र पाण्डे, सेयर धनिका तर्फबाट अर्जुन गिरी लगायतले आ-आफ्नाे धारणा राखेका थिए।
कार्यक्रममा सहकारीका अध्यक्ष चूडामणि दाहालले अध्यक्षकाे, सचिव लाेकराज सेढाईले सचिवकाे, काेषाध्यक्ष लक्ष्मी मल्लले काेषाध्यक्षकाे, लेखासमितिका संयाेजक भरतराज नहर्कीले लेखा समितिकाे र ऋण समितिका संयाेजक जनक काफ्लेले ऋण समितिकाे प्रतिवेदन पेश गरेका थिए।

























Nice