हेडलाईनव्याससमाचारगण्डकी

व्यास जन्मभूमिमा विश्व ॐकार तथा महामिलन पर्व सुरु

प्रहार समाचार । तनहुँ , कत्तिक १।
चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासकाे पवित्र भूमिलाई पाैराणीक ,आध्यात्मिक ,धार्मिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिकोणले परिचित गराउन आठाैं विश्व ॐकार तथा हिन्दु महामिलन पर्व  बुधबार बाट सुरु भएकाे छ।

एक महिनासम्म चल्ने उक्त महामिलन पर्वकाे उद्घाटन गर्दै संस्कृत विज्ञ डा. भक्त राईले सुसंस्कृत समाज निर्माण गर्नु अहिलेकाे आवश्यकता रहेकाे चर्चा गर्दै यस्कालागि संस्कार,संस्कृति, परम्परा र धर्मकाे संरक्षण गर्नु अहिलेकाे आवश्यकता रहेकाे  बताए।

व्यासका अध्येता काशिनाथ न्याैपानेले चार वेद १८ पुरणका रचयिता वेदव्यासकाे उचित प्रचार प्रसारमा लाग्नु पर्ने बताए।

व्यासकाे याेगदान र महत्वलाई विश्वमाझ परिचय गराउन हरेक बर्षझै  यस पटक आठाैं पर्व  आयाेजना गरिएकाे हाे। संकल्पकर्ता एवं मूल संयाेजक शान्ति स्वरुपानन्द दामाेदर बाबा , संरक्षक गाेविन्द बाबा र वेद अनुयायी प्रतिष्ठान केन्द्रीय कार्यालय तनहुँकाे आयाेजनामा उक्त पर्व आयाेजना गरिएकाे हाे।
१२ कराेड वर्षयतादेखिका २८ व्यासका मूर्ति स्थापना, व्यास रचित १८ पुराण ,१८ महिनासम्म कथा वाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्कीर्तन एवं १०८ श्रीमदभागवत ज्ञान महायज्ञ लगायतका कार्यक्रमहरु यश भूमिमा भईसकेकाे छ।

व्यास भूमिलाई ॐकार तथा वैदिक सनातन धर्मावलम्बीहरुकाे धर्मस्थली बनाउनका लागि विश्व ॐकार तथा हिन्दु महामिलन पर्वकाे आयाेजना गरिएकाे शान्ति स्वरुपानन्द दामाेदर बाबाले बताए।


 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button