समाचार

रवी लामिछानेलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग ।।

दमौली खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायीले १५ मिनेट बहस गरेका हुन् । बहसमा रिट निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अधिवक्ता राधिका खतिवडालगायतले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदर गर्न माग गरेका छन् । उनिहरुले बहसका क्रममा लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको ठहर हुने कुनै प्रमाणित निस्सा हालसम्म पनि पेस गर्न नसकेको बताएका छन् । सो कारणले मुद्दाको टुङ्गो नलाग्दासम्म लामिछानेलाई कुनै पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ । साथै, लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय माघ १३ गते संवैधानिक इजलासबाट लामिछानेको सांसद पद खारेज गर्ने फैसलाले टुङ्गो लागिसकेको बताउनुभएको छ । पोखरेलले सो फैसलामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय स्थापित नै रहेको दाबी गर्नुभएको हो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button