दमौली खबर संवाददाता
दमौली, माघ २८
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक आन्दोलनमा आधा आकाश ढाकिएका महिलाहरुको अतुलनिय योगदान रहेको बताउनु भएको छ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति तनहुँद्धारा शनिवार व्यास १ तालघरेमा शनिवार आयोजित बनभोज तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले नेपाली कांग्रेस प्रजातन्त्र, लोकतन्त्रको पहरेदार पार्टी भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु अशोककुमार श्रेष्ठ, कल्पना तिवारी, निवर्तमान सांसद सरिता गुरुङ लगायत नेपाली कांग्रेस निकट सुभेच्छुक तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको कार्यक्रम नेपाल महिला संघ जिल्ला कार्य समिति तनहुँका सभापति पवित्रा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।





















