समाचार

ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको एक वर्ष पुरा

दमौली खबर संवाददाता

दमौली, माघ २३

ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको सोमबार एक वर्ष पुरा भएको छ । व्यास नगरपालिका २ सफासडक दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालन गरेको एक वर्ष पुरा भएको हो ।

एक वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रमका बीच व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले केक काट्नु भएको थियो । सो अवसरमा प्रवक्ता गुरुङ सरल र सहज तरिकाबाट बैंकले काम गरिरहेकोले ग्राहकको मन जित्न सकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button