समाचार

दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुँदै

दमौली खबर संवाददाता

चापाघाट, माघ १०

व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि श्रीपंचमीको अवसर पारेर आश्रमको शुभारम्भ गर्नु हुने भएको हो । शुभारम्भको अवसरमा आश्रमले विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने र सोही दिनदेखि आश्रमको विधिवत संचालन गरिने संस्थाका अध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता हुदाँ सस्था सदैव वृद्धवृद्धाको सम्मानमा प्रतिवद्ध भएको अध्यक्ष गौतमले बताउनुभयो । सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित कार्यक्रम गर्नेछ । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्ने संस्थाले जनाएको छ । अव दैनिक रुपमा नै वृद्धवृद्धालाई आश्रममा ल्याएर उनिहरुलाई सहज वातावरणमा वस्ने र रमाउने वतावरण वनाईनेछ, अध्यक्ष गौतमले भन्नुभयो । ‘जेष्ठ नागरिकलाई आनन्दमय वातावरणमा समय बिताउन सहज होस् भनेर आश्रमको शुभारम्भ गर्न लागेका हौं’ गौतमले भन्नुभयो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button