हेडलाईनसमाचारगण्डकी

जेन- जी आन्दोलनको आगजनीपछि फरार बलात्कार मुद्दाका प्रतिवादी १४ महिनापछि मुस्ताङमा पक्राउ

प्रहार समाचार । मुस्ताङ, १४ कात्तिक २०८३ शनिबार । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीको मौका छोपेर फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी १४ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन्।

१५ वर्ष ८ महिना १ दिन कैद सजाय भोगिरहेका चितवनको रत्ननगर नगरपालिका–१२ का ४७ वर्षीय नारायण घिमिरेलाई नेपाल प्रहरीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीको कमान्डमा परिचालित प्रहरी टोलीले २०८३ कात्तिक १२ गते बिहान १० बजे मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, चैलेस्थित लिवन होटल एण्ड रेष्टुरेन्टबाट घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका थिए। पक्राउ परेका घिमिरेलाई बाँकी १२ वर्ष कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको नेपाल प्रहरीले जनाएको छ। आ



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button