हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

भारतीय चलचित्रका शक्तिशाली अभिनेता पाटेकर को निधन : पर्दामा गर्जिने त्यो आवाज अब सधैँका लागि मौन

प्रहार समाचार । भारत,गोवा २२ असोज २०८३ बिहीबार । भारतीय चलचित्रका शक्तिशाली अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

गोवास्थित निवासमा हृदयघात भएपछि अस्पताल पुर्‍याइएका पाटेकरलाई चिकित्सकहरूले बचाउने प्रयास गरे पनि जीवन जोगाउन सकेनन्। उनको निधनसँगै भारतीय चलचित्र जगत्ले अभिनयमा आफ्नै छाप छाडेका एक सशक्त कलाकार गुमाएको छ। दमदार संवाद, तीक्ष्ण अभिव्यक्ति र पात्रमा असाधारण जीवन भर्ने क्षमताका कारण नाना पाटेकर पाँच दशकभन्दा लामो समयदेखि दर्शकमाझ प्रभावशाली बने। गमन बाट सुरु भएको उनको अभिनय यात्रा परिन्दा, क्रान्तिवीर, तिरंगा, खामोशी, अब तक छप्पन र वेलकम जस्ता चर्चित चलचित्र हुँदै भारतीय सिनेमाको इतिहासमा अमिट बनेको छ।

अभिनयसँगै निर्देशन र सामाजिक कार्यमा समेत सक्रिय उनले आफ्नो पुस्ताका अन्य कलाकारभन्दा फरक र सशक्त पहिचान निर्माण गरेका थिए।नाना पाटेकरको निधनसँगै पर्दामा गर्जिने एउटा विशिष्ट आवाज सधैँका लागि मौन भएको छ। तर उनले निर्वाह गरेका चरित्र, बोलेका संवाद र छाडेको अभिनयको छाप भने दर्शकको स्मृतिबाट कहिल्यै मेटिने छैन। भारतीय चलचित्रका यी विलक्षण कलाकारप्रति प्रहार अनलाइन मिडिया हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी र विश्वभरका प्रशंसकमा गहिरो समवेदना प्रकट गर्दछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button