हेडलाईनव्याससमाचारबन्दीपुरगण्डकीशुक्लागण्डकी

कांग्रेस महाधिवेशन : बराबरी मत पाएका देवकुमार–केशव दुवै प्रतिनिधि, पराजित सन्तोष पनि केन्द्रमा

प्रहार समाचार । तनहुँ, २० असोज २०८३ मङ्गलबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ–१ बाट समान मत पाएका उपसभापति देवकुमार श्रेष्ठ र युवा नेता केशव अधिकारी दुवै महाधिवेशन प्रतिनिधि बन्ने भएका छन् ।

३ सय २४ बराबरी मतपछि देखिएको अन्योल अन्त्य गर्दै पार्टीले दुवैलाई समेट्ने निर्णय गरेको हो । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार श्रेष्ठ र अधिकारीमध्ये एक जना निर्वाचित र अर्काे जना मनोनीत हुनेछन् । कसलाई निर्वाचित र कसलाई मनोनीत गर्ने भन्ने औपचारिक टुंगो मंगलबार बिहान लाग्नेछ ।

बराबरी मतको विवादलाई प्रतिस्पर्धात्मक टकरावमा नलगी दुवैलाई महाधिवेशनमा समेट्ने निर्णयले तत्कालका लागि विवादको निकास निकालेको छ । यसैबीच तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित युवा नेता सन्तोष घिमिरेलाई पार्टीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । क्षेत्रीय निर्वाचनमा पराजित भए पनि संगठनमा सक्रिय भूमिकाको कदर गर्दै घिमिरेलाई केन्द्रमा समेटिएको हो ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button