हेडलाईनसमाचारबागमती

नेपाली कांग्रेस १५औं महाधिवेशन : २ सय ९७ सदस्यीय केन्द्रीय समितिको मनोनयन खुला

प्रहार समाचार । काठमाडौं, २० असोज २०८३ मङ्गलबार । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संशोधित विधानअनुसार २ सय ९७ सदस्यीय केन्द्रीय समितिका लागि उम्मेदवारी मनोनयन प्रक्रिया खुला भएको छ ।

आज बिहान १० बजेदेखि मनोनयन फारम वितरण सुरु भएको छ भने उम्मेदवारी दर्ताका लागि दिउँसो १२ः३० देखि ४ बजेसम्मको समय तोकिएको छ । संशोधित विधानअनुसार कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् ।

त्यस्तै विभिन्न समावेशी समूह, प्रदेश, महिला र युवासहितका समूहबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ ।मनोनयनसँगै कांग्रेसको नेतृत्वका आकांक्षीहरू चुनावी मैदानमा उत्रिने भएका छन् । ठूलो आकारको केन्द्रीय समिति र फराकिलो समावेशी संरचनाबीच महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्वसँगै पार्टीको भावी दिशा र शक्ति सन्तुलनसमेत तय गर्नेछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button