हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा नेपाली कांग्रेस शशांक पक्षको १५औं महाधिवेशन तयारी तीव्र, ‘अन्यायमा परेका’ नेता जोडिँदै

प्रहार समाचार । तनहुँ, १८ असोज२०८३ आइतबार । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले तनहुँमा संगठन विस्तार र प्रतिनिधि छनोटलाई तीव्रता दिएको छ। समितिका संयोजक प्राडा कृष्णप्रसाद गौतमका अनुसार वडास्तरबाट प्रतिनिधि चयनको प्रक्रिया अघि बढिसकेको छ।

वडा तहको प्रक्रिया सकिएलगत्तै स्थानीय तह र क्षेत्रीय अधिवेशनतर्फ अघि बढ्ने तयारी छ। समितिका सहसंयोजक डम्बर अधिकारीका अनुसार संस्थापन पक्षको अधिवेशन प्रक्रियामा ‘अन्यायमा परेका’ भनिएका नेता–कार्यकर्ताहरू अभियानमा जोडिने क्रम बढेको छ। आइतबार नेता रामकृष्ण सुनार अभियानमा जोडिएका छन् भने क्षेत्र नं. २ का नरेन्द्र थापालाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको अधिकारीले बताए। पछिल्लो समय विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता बढ्दै गएको दाबी गर्दै अधिकारीले यसलाई संगठन विस्तारको निरन्तरताका रूपमा व्याख्या गरेका छन्।

अभियानका सचिव माधव खनालले वडास्तरमा मात्र नभई अभियानको सम्पर्क कार्यालयमा समेत पुगेर नेता–कार्यकर्ताले सहभागिता जनाउन सक्ने बताए। अभियानमा जोडिनेको संख्या बढ्दै जाँदा आफूहरूमा उत्साह थपिएको उनको भनाइ छ। कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विभिन्न पक्षबीच समानान्तर तयारी चलिरहेका बेला तनहुँमा शशांक कोइराला नेतृत्वको तयारी समितिले पनि आफ्नो सांगठनिक उपस्थिति विस्तार गर्दै लगेको देखिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button