हेडलाईनसमाचारबागमती

प्रवासी नेपालीको आवाज कांग्रेसको नीति निर्माण तहमा पुर्‍याउने एजेन्डा सहित पन्थको केन्द्रीय सदस्यमा उम्मेदवारी

प्रहार समाचार । काठमाडौं, १८ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएसँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार रामजीवी पन्थले प्रवासी नेपालीको अनुभव, समस्या र आवाजलाई कांग्रेसको नीति निर्माण तहसम्म पुर्‍याउने एजेन्डा अघि सार्ने प्रतिबद्धता सहित केन्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

सारेका छन्। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’लाई मूल आदर्श मान्दै पन्थले ‘प्रवासी नेपालीको अनुभव, प्रवासी नेपालीकै आवाज–कांग्रेसको नीति निर्माण तहसम्म’ भन्ने अवधारणासहित उम्मेदवारी प्रस्तुत गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको हो।पन्थले दोहोरो नागरिकता अधिकारलाई प्रभावकारी कार्यान्वयन, प्रवासी नेपालीलाई मतदानको अधिकार तथा विदेशमा रहेका नेपालीले भोग्दै आएको दोहोरो करसम्बन्धी समस्याको समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, विश्वभरका नेपाली जनसम्पर्क समितिलाई पार्टीसँग थप सशक्त रूपमा जोड्ने, विद्यार्थी, युवा तथा दोस्रो पुस्तालाई कांग्रेसको आदर्शसँग जोड्ने र वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि पार्टीभित्र जोडदार आवाज उठाउने उनको एजेन्डा छ। जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यका लागि पहिलोपटक छुट्टै कोटा व्यवस्था भएपछि पन्थले उम्मेदवारी घोषणा गरेका हुन्।महासमिति सदस्य (१४औँ महाधिवेशन) तथा १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिसमेत रहेका पन्थले प्रवासमा रहेका नेपालीको योगदानलाई पार्टीको नीति, निर्णय र संगठन निर्माणसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा अघि सारेका छन्। ‘बलियो संगठन, समावेशी कांग्रेस, समृद्ध नेपाल’ भन्ने मूल राजनीतिक सन्देशसँग प्रवासी नेपालीको सहभागितालाई जोड्दै उनले अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा रहेका नेपालीको अनुभव र आवाजलाई कांग्रेसको केन्द्रीय नीति निर्माणमा संस्थागत रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button