प्रहार समाचार । तनहुँ, १६ असोज २०८३ शुक्रबार । कुमारी बैंक लिमिटेडको तनहुँ, व्यास नगरपालिका–३ स्थित दमौली शाखा कार्यालय स्थानान्तरण हुने भएको छ। बैंकका अनुसार हालको शाखा कार्यालयबाट करिब ४ सय मिटर पूर्वतर्फ व्यास नगरपालिका–२ स्थित न्युरोड चोकमा शाखा स्थानान्तरण गरी २०८३ असोज १९ गते सोमबारदेखि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार नयाँ स्थानबाट सञ्चालन गरिनेछ।

शाखा स्थानान्तरणसँगै बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सेवाग्राहीलाई नयाँ स्थानबाट नियमित बैंकिङ सेवा लिन अनुरोध गरेको छ। बैंकले शाखा स्थानान्तरणका क्रममा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोगका लागि आग्रह गरेको छ। दमौलीमा बैंकिङ सेवा विस्तार र सहज पहुँचका लागि शाखा नयाँ स्थानमा सारिएको बैंकले जनाएको छ।कुमारी बैंक लिमिटेडले ‘सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारासहित सेवा प्रदान गर्दै आएको जनाएको छ। दमौली शाखासँग सम्बन्धित थप जानकारी तथा सेवाका लागि ०६५–५६४५०२/०३ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।






















