हेडलाईनव्याससमाचारगण्डकी

पृथ्वीराजमार्ग स्थित तनहुँको छिर्कनमा ट्रक र टमाटर बोकेको पिकअप ठोक्किँदा दुई जना घाइते

प्रहार समाचार । तनहुँ, १२ भदौ २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा ट्रक र टमाटर बोकेको पिकअप एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ७ बजे पृथ्वीराजमार्गमा भएको दुर्घटनामा पिकअप चालक र सहचालक घाइते भएका हुन्।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मप्र ०३–००१ क ३८३६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–०२६ च ५६२९ नम्बरको टमाटर बोकेको पिकअप छिर्कनेस्थित सडकमा एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का १९ वर्षीय आशन चेपाङ र सोही स्थानका २१ वर्षीय कुमार चेपाङ घाइते भएका छन्।

दुर्घटनापछि पिकअपमा च्यापिएका घाइतेलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा खटिएको ट्राफिक प्रहरीसहित २५ जनाको टोलीले तत्काल उद्धार गरेको थियो। उद्धार गरिएका दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण केही समय प्रभावित भएको पृथ्वीराजमार्गमा दुर्घटनाग्रस्त दुवै सवारीसाधन सडकबाट हटाएपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button