प्रहार समाचार । रसुवा , १२ भदौ २०८३ शुक्रबार । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी जनधनको ठूलो क्षति भइरहेका बेला घटनापछि सम्पर्कविहीन हुने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बिहीबारसम्ममा नेपालसहित ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन रहेका छन्।

सम्पर्कविहीन पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतीय नागरिकको रहेको छ। बोर्डका प्रवक्ता सुनील शर्माका अनुसार १ सय ७८ जना भारतीय, १ सय २७ जना नेपाली, ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेशियाली, ३५ जना अस्ट्रेलियाली र ३३ जना बेलायती पर्यटक सम्पर्कबाहिर छन्। बाँकी पर्यटक अन्य विभिन्न देशका नागरिक रहेको जनाइएको छ।
नेपाल पर्यटन बोर्डले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार कार्यलाई अघि बढाइरहेको जनाएको छ। पर्यटक प्रहरीका डिएसपी विश्वराज अधिकारीका अनुसार घटनास्थल आसपास पुगेका पर्यटकको विवरण विभिन्न टुर अपरेटरसँग लिएर खोजी कार्यलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ। यसैबीच, रसुवाबाट उद्धार गरिएका २३ जना पर्यटकलाई नुवाकोट ल्याइएको छ। उद्धार गरिएका पर्यटक कुन–कुन देशका नागरिक हुन् भन्ने विवरण भने खुल्न बाँकी छ।
३३ देशका सम्पर्कविहीन पर्यटकको विवरण:
क्र.सं.देश सम्पर्कविहीन पर्यटक
१ 🇮🇳 भारत १ सय ७८ जना
२ 🇳🇵 नेपाल १ सय २७ जना
३ 🇺🇸 अमेरिका ६५ जना
४ 🇺🇦 युक्रेन ५३ जना
५ 🇲🇾 मलेशिया ५१ जना
६ 🇦🇺 अस्ट्रेलिया ३५ जना
७ 🇬🇧 बेलायत ३३ जना
८ अन्य २६ देश के १०२ जना गरेर जम्मा ३३ देश ६ सय ४४ जना
बाँकी २६ देशका पर्यटकको छुट्टाछुट्टै सङ्ख्या उपलब्ध विवरणमा खुलाइएको छैन। स्रोत : नेपाल पर्यटन बोर्ड/बीबीसी
















