आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

राष्ट्रिय परिचयपत्र सेवाग्राहीको चाप बढेपछि तनहुँ प्रशासनले बिदाको दिन पनि सेवा सञ्चालन गर्ने

प्रहार समाचार । तनहुँ, २२ साउन २०८३ शुक्रबार । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। कार्यालयले आज सूचना जारीगर्दै सेवाग्राहीको सहजता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन भोलि शनिबार र पर्सी आइतबार पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराइने जनाएको हो।

कार्यालयका अनुसार साउन २३ गते शनिबार र २४ गते आइतबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन हुनेछ। पछिल्लो समय सेवाग्राहीको अत्यधिक चापका कारण नियमित कार्यदिवसमा सेवा लिन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै अतिरिक्त सेवा सञ्चालनको व्यवस्था गरिएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गरेको छ। टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्दा भीड व्यवस्थापन र सेवामा सहजता हुने विश्वास प्रशासनको छ। प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा सेवाग्राहीलाई अनावश्यक भीड नगर्न, निर्धारित समयमै उपस्थित भई आवश्यक कागजातसहित सेवा लिन अनुरोध गरिएको छ। राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा विस्तारसँगै बिदाको दिन पनि सेवा सञ्चालन हुने निर्णयले सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button