हेडलाईनसमाचारगण्डकीविजनेस

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको महिला सदस्यमा तनहुँकी पिया मनोनित

प्रहार समाचार । तनहुँ, १४ साउन २०८३ बिहीबार । द तनहुँकी रोशनी पिया नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको महिला तथा घरेलु उद्यमी व्यवसायी समन्वय समितिको सदस्यमा मनोनयन भएकी छन्।

महासंघका गण्डकी प्रदेश सभापति काशी गुरुङले गत असार २२ गते जारी गरेको पत्रमार्फत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालन सम्बन्धी नियमावली, २०८२ को परिच्छेद–११ को दफा ५३ बमोजिम पियालाई समितिको सदस्यमा मनोनयन गरिएको जानकारी दिएका हुन्।मनोनयन पत्रमा महिला तथा घरेलु उद्यमी व्यवसायीको क्षमता अभिवृद्धि, उद्यमशीलताको प्रवर्द्धन तथा व्यवसायीका साझा हितका विषयमा प्रभावकारी समन्वय गर्ने उद्देश्यका साथ समितिलाई सक्रिय र सशक्त बनाउने अपेक्षासहित पियालाई जिम्मेवारी प्रदान गरिएको उल्लेख गरिएको छ।

महासंघले आफ्नो विधान, नियमावली तथा आचारसंहिताको परिधिभित्र रही आवश्यक कार्यविधि तयार गरी महिला तथा घरेलु उद्यमी व्यवसायी समन्वय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउन रोशनी पियाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ। समितिमार्फत प्रदेशभरका महिला उद्यमीको हकहित संरक्षण, क्षमता विकास तथा व्यवसाय विस्तारका क्षेत्रमा सक्रिय योगदान पुग्ने अपेक्षा गरिएको महासंघले जनाएको छ।

महासंघका गण्डकी प्रदेश सभापति काशी गुरुङद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत पियालाई नयाँ जिम्मेवारीको जानकारी गराइएको हो। यस मनोनयनसँगै गण्डकी प्रदेशमा महिला उद्यमशीलता प्रवर्द्धन, घरेलु उद्योगको विकास तथा व्यवसायीबीच समन्वय अभिवृद्धिमा समितिले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button