हेडलाईनसमाचारविजनेसबागमती

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

प्रहार समाचार । काठमाडौं, ११ साउन २०८३ सोमबार । नेपाल राष्ट्र बैंकले आजलागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंकले दैनिक रूपमा विदेशी विनिमय दर सार्वजनिक गर्ने गर्दछ, जसले आयात–निर्यात व्यवसाय, विदेशी लगानी, र अन्तर्राष्ट्रिय कारोबारमा संलग्न व्यवसायीहरूलाई मार्गदर्शन गर्ने कार्य गर्दछ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा तोकिएको बैङ्का उप प्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठले उल्लेख गरिन् । विनिमय दरमा आउने उतार–चढावले आर्थिक कारोबारमा प्रत्यक्ष असर पार्ने भएकाले बैंकले नियमित रूपमै सो दरको जानकारी गराउने गर्दछ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button