हेडलाईनव्याससमाचारगण्डकीम्याग्दे

तनहुँमा अवैध नदी उत्खननमा संलग्न ६ सवारीसाधन पक्राउ, र १ लाख २८ हजार जरिवाना

प्रहार समाचार । तनहुँ, १ साउन २०८३ शुक्रबार । तनहुँका दुई स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा सवारीसाधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमार्फत रु १ लाख २८ हजार जरिवाना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–३ विसघरेस्थित मादी–सेती घाट र म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीस्थित गुणादी खोलामा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सवारीसाधन नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार असार २७ र ३१ गते गरिएको कारबाहीका क्रममा एक जेसीबी, एक स्काभेटर, दुई टिप्पर र दुई ट्याक्टर गरी जम्मा ६ वटा सवारीसाधन नियन्त्रणमा परेका थिए। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो।व्यास नगरपालिका–३ विसघरेको मादी–सेती घाटबाट नियन्त्रणमा लिइएका एक स्काभेटर र दुई टिप्परलाई व्यास नगरपालिकाले र ७३ हजार जरिवाना गरेको छ।

त्यसैगरी म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीबाट नियन्त्रणमा परेका एक जेसीबी र दुई ट्याक्टरलाई म्याग्दे गाउँपालिकाले ५५ हजार जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार तथा प्राकृतिक स्रोतको दोहनविरुद्ध प्रहरीको निगरानी र कारबाही निरन्तर जारी रहने चेतावनी दिएका छन्। उनले कानुनविपरीत यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई आग्रह गर्दै उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button