हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकीसूचना प्रविधि

‘कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनु आवश्यक’ : मेयर पण्डित

प्रहार समाचार । तनहुँ, २२ असार २०८३ सोमबार । तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले किसानलाई हाते ट्याक्टर तथा कृषि औजार हस्तान्तरण गर्दै कृषिको विकासका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन्। नगरपालिकाले सञ्चालन गरेको कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत आज बिहान शुक्लागण्डकीको जाम्दीमा किसानलाई हाते ट्याक्टर र विभिन्न कृषि औजार वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले कृषिमा आधुनिक उपकरणको प्रयोगले किसानको श्रम, समय र उत्पादन लागत घट्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि हुने उल्लेख गर्दै उपलब्ध गराइएका कृषि सामग्रीको अधिकतम सदुपयोग गर्न किसानलाई आग्रह गरे। उनले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न स्थानीय सरकारले निरन्तर लगानी गरिरहेको बताए।उनले कृषि पेशालाई सम्मानित, प्रतिस्पर्धी र आम्दानीमूलक बनाउन नगरपालिकाले कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, तालिम तथा किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

किसानको आवश्यकता र मागका आधारमा आगामी दिनमा पनि आधुनिक कृषि उपकरण तथा प्रविधिमा पहुँच विस्तार गरिने उनको भनाइ थियो।शुक्लागण्डकी नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै किसानलाई सहज रूपमा आधुनिक कृषि उपकरण उपलब्ध गराउने नीति अनुरूप हाते ट्याक्टर तथा कृषि औजार वितरण सुरु गरेको जनाएको छ। यस कार्यक्रमले खेतीपातीलाई सहज, लागत प्रभावकारी र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button