हेडलाईनसमाचारगण्डकी

मध्यपहाडी राजमार्ग र बेँसीशहर–चामे सडकमा रातिको सवारी सञ्चालनमा रोक

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १६ असार २०८३ मंगलबार । मनसुन सक्रिय भएसँगै पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले मध्यपहाडी राजमार्ग तथा डुम्रे–बेँसीशहर–चामे सडकखण्डमा रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आजदेखि असार मसान्तसम्म उच्च पहिरो जोखिम रहेका सडकखण्डमा समय तोकेर सवारी आवतजावत नियन्त्रण गरिएको हो। प्रशासनका अनुसार डुम्रे–बेँसीशहर–चामे सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म तथा मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारी सञ्चालन गर्न पाइने छैन।

मनसुनका कारण रातिको समयमा पहिरो खस्ने, सडक अवरुद्ध हुने र मानवीय क्षतिको जोखिम उच्च रहेकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, यातायात व्यवसायी तथा चालकलाई रातिको यात्रा नगर्न, प्रशासनको निर्णयको पूर्ण पालना गर्न तथा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button