आँबुखैरेनीहेडलाईनसमाचारबन्दीपुरगण्डकी

पोखरा–मुग्लिङ सडकमा चालक सचेतना, चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह

प्रहार समाचार । तनहुँ, ८ असार २०८३ सोमबार । बिहानको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा पोखरा–मुग्लिङ सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

 

आज असार ८ गते बिहान ४ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारी साधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन, सुरक्षित गति, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको पालनासम्बन्धी जानकारी दिँदै सम्झाइबुझाइ गरिएको थियो।

कार्यक्रमअन्तर्गत ५७ वटा दुई पाङ्ग्रे, ४४ वटा चार पाङ्ग्रे साना तथा ७३ वटा ठूला सवारी साधन गरी १ सय ७४ वटा सवारीका चालकलाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। बिहानको समयमा निद्रा, थकान, तीव्र गति र लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button