हेडलाईनव्याससमाचारगण्डकी

विद्युत प्राधिकरणको लापरवाहीले दमौलीमा जोखिम बढ्यो, पोलमा तारमाथि तार खप्ट्याएर लाइन विस्तार

प्रहार समाचार । तनहुँ, ८ असार २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–३ स्थित सफा सडक क्षेत्रमा रहेको कृष्मा मेडिको फर्मा नजिक नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन विस्तारका क्रममा गम्भीर लापरवाही गरेको पाइएको छ। प्राधिकरणले आवश्यक संरचना तथा एङ्गल प्रयोग गरेर तार व्यवस्थापन गर्नुपर्नेमा विद्यमान तारमाथि अर्को तार खप्ट्याएर लाइन विस्तार गरेको देखिएको स्थानीयले बताएका छन्।

 

स्थानीयका अनुसार विद्युत पोलमा प्राविधिक मापदण्ड विपरीत गरिएको उक्त कार्यले ठूलो जोखिम निम्त्याएको छ। तारहरू एकआपसमा जथाभावी खप्ट्याइएकाले सर्ट सर्किट हुने, तार चुँडिने तथा आगलागीको सम्भावना बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी बजार क्षेत्र तथा मानव बस्तीको बीचमा रहेको उक्त पोलमा देखिएको लापरवाहीले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्ने अवस्था रहेको बताइन्छ।

विद्युत तारमा आगलागी भएमा आसपासका घर, पसल तथा सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने स्थानीय कृष्मा मेडिको फर्मा का संज्यालक कृष्ण गिरीले प्रहार समाचारलाई बताए । उनले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायको ध्यान तत्काल यसतर्फ जानुपर्ने माग गरेका छन्। सम्भावित दुर्घटना हुनुअघि नै प्राविधिक रूपमा सुरक्षित व्यवस्थापन गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button