लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने संकेत

प्रहार समाचार । काठमाडौँ, २४ जेठ २०८३ आइतबार । आज देशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मी बढ्ने संकेत देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था फरक–फरक रहने जनाएको छ ।

 

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ । वर्षाको सम्भावना बढेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । उता मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न र सम्भावित जोखिमबाट बच्न सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button