हेडलाईनव्याससमाचारगण्डकी

धार्मिक पर्यटन र आध्यात्मिक जागरण गराउने उद्देश्यले तनहुँको म दमौलीमा पुरुषोत्तम मास महात्म्य सुरु

प्रहार समाचार । तनहुँ, २२ जेठ २०८३ शुक्रबार । समाजमा धार्मिक र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित दमौलीमा पञ्चदिवसीय पुरुषोत्तम मास महात्म्य कथा प्रवचन सुरु भएको छ। श्रीकृष्ण द्वैपायन सत्संग समिति दमौली तनहुँको आयोजनामा व्यास नगरपालिका–३ स्थित सत्संग समितिको भवनमा बुधबारदेखि कथा प्रवचन आरम्भ भएको हो।

महात्म्यको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा नैतिकता, सद्भाव र धार्मिक जागरण विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले व्यास–पराशर क्षेत्रका धार्मिक संस्थाहरूबीच सहकार्य र एकतामार्फत धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। नगरप्रमुख न्यौपानेले व्यास–पराशर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माणका काम सुरु गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे। धार्मिक संस्थाहरूलाई व्यक्तिकेन्द्रित नभई संस्थागत रूपमा अघि बढाउन भावी नेतृत्व तयार पार्ने संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यासका अध्येता तथा प्रमुख कथावाचक काशीनाथ न्यौपाने, शान्तिस्वरूपानन्द दामोदर बाबा, सत्यप्रसाद खनाल, तारानाथ घिमिरे, ऋषिराम ढुंगाना, राजकुमार श्रेष्ठ, विष्णुभक्त न्यौपाने तथा गोविन्द गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

आजीवन सदस्य राधिका आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण वाग्लेले गरेका थिए। आइतबारसम्म सञ्चालन हुने महात्म्यमा दैनिक कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button