हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको याम्पा फेदीखोलामा हाईलक्स दुर्घटना, तीन जना घाइते

प्रहार समाचार । तनहुँ, २१ जोठ २०८३ बिहीबार । तनहुँको पृथ्वीराजमार्ग अन्तर्गत याम्पा फेदीखोलामा आज भएको हाईलक्स दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको छ।

अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।प्रारम्भिक जानकारीअनुसार सडकमा गुडिरहेको बा ए इ १०९९ नम्बरको हाईलक्स अनियन्त्रित भई सडक छेउमा उत्तानो परेर दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित भए पनि अहिले यातायात सञ्चालन सामान्य अवस्थामा फर्किएको छ। प्रहरीले सवारी चालकलाई वर्षायाममा विशेष सावधानी अपनाएर सवारी चलाउन आग्रह गरेको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button