प्रहार समाचार । तनहुँ, १२ जेठ २०८३ मंगलबार । हिजो परेको अविरल वर्षासँगैको हावाहुरीले तनहुँका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । विशेषगरी व्यास नगरपालिका क्षेत्रमा हावाहुरीले जनजीवन प्रभावित बनाएको हो । व्यास नगरपालिका–२ स्थित एपेक्स मलको छाना उड्दा आसपासका दर्जनौँ घरमा क्षति पुगेको छ ।

तीव्र हावाहुरीका कारण घरका जस्तापाता उड्नुका साथै केही संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । यस्तै, हावाहुरीसँगै आएको बाढीले व्यास नगरपालिका–११ मा एउटा ट्याक्टर बगाएको छ । जिल्लाका विभिन्न वडामा मकै, तरकारी तथा अन्य खाद्यान्न बालीमा समेत ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी ले क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालय तनहुँका अनुसार कृषकहरूले लगाएका खाद्यान्न तथा तरकारी बालीमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलन गरी छिट्टै सार्वजनिक गरिनेछ ।
























