हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौली स्थित सफा सडकमा पार्टिकिङ निषेधले व्यापार प्रभावित हुने व्यवसायीको चिन्ता : नगर प्रमुख न्यौपाने भन्छन् ‘परीक्षणकाल भरि सहयोग गरौं ।’

प्रहार समाचार । तनहुँ, ११ जेठ २०८३ सोमबार । दमौलीको मुख्य बजार क्षेत्र ‘सफासडक’ मा पार्किङ निषेध गर्ने व्यास नगरपालिकाको निर्णयपछि बजार क्षेत्रमा बहस चुलिएको छ । व्यवसायीको विरोधबीच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले निर्णय अन्तिम नभएको स्पष्ट पार्दै परीक्षणकालभर सहयोग गर्न आग्रह गरेका छन् । आज नगरपालिकामा आयोजित छलफलमा उनले अहिलेको व्यवस्था परीक्षणका लागि मात्रै लागू गरिएको भन्दै देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए । नगरपालिकाले आइतबारदेखि सफासडक क्षेत्रमा सवारी पार्किङ निषेध लागू गरेको थियो ।

निर्णय कार्यान्वयनमा आएलगत्तै व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै पार्किङ हटाउँदा व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका थिए । बजार क्षेत्रमा ग्राहकको आवतजावत घट्ने र वैकल्पिक पार्किङको व्यवस्था बिना गरिएको निर्णय व्यवहारिक नभएको उनीहरूको गुनासो छ । यता नगरपालिकाले भने अव्यवस्थित पार्किङका कारण दमौली बजारमा सवारी चाप बढ्दै गएको, सडक साँघुरो बन्दै गएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको जनाएको छ ।

नगरप्रमुख न्यौपानेले बजारलाई व्यवस्थित, सफा र सुरक्षित बनाउन अभियान सुरु गरिएको उल्लेख गर्दै परीक्षणकालमा आएका सुझावका आधारमा आवश्यक सुधार गरिने बताए । नगरपालिकाले जेठ १० गतेदेखि १५ दिनसम्मका लागि परीक्षणकाल तोकेको छ । यही अवधिमा व्यवसायी, स्थानीयवासी र सरोकारवालासँग समन्वय गरेर आगामी निर्णय लिइने नगरपालिकाको भनाइ छ । अहिले दमौलीमा ‘सफा सडक’ अभियान बजार व्यवस्थापनको आवश्यकता हो वा व्यवसायीमाथिको दबाब भन्ने विषयमा व्यापक चर्चा सुरु भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button