हेडलाईनसमाचारगण्डकी

शुल्क नलिन सुन्दरबजार नगरपालिका लमजुङको निर्देशन, कार्यान्वयनमै चुनौती

प्रहार समाचार । लमजुङ, २६ चैत २०८२ बिहीबार । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार समयअगावै भर्ना र शुल्क असुली नगर्न स्पष्ट रूपमा उल्लेख गरिएको छ।

नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई नियमअनुसार मात्रै भर्ना प्रक्रिया सञ्चालन गर्न र विद्यार्थी तथा अभिभावकलाई अनावश्यक आर्थिक भार नपार्न सचेत गराएको छ। अग्रिम रूपमा शुल्क लिएको पाइएमा त्यस्तो रकम तत्काल फिर्ता गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीद्वारा हस्ताक्षरित पत्रमा निर्देशन उल्लंघन गर्ने विद्यालयलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।


तर, अघिल्ला वर्षहरूमा यस्तै निर्देशनहरू जारी भए पनि निजी विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाउने प्रवृत्ति दोहोरिँदै आएको गुनासो अभिभावकहरूको छ। त्यसैले यसपटकको कडा निर्देशन कागजमै सीमित हुन्छ कि व्यवहारमै कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ। प्रभावकारी अनुगमन र कारबाही बिना यस्तो निर्देशन पालना गराउनु चुनौतीपूर्ण हुने


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button