लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीUncategorizedसबै प्रदेश

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन थापाको सभापतित्वमा, ११ एजेन्डामाथि छलफल

प्रहार समाचार । काठमाडौँ, १० चैत्र २०८२ मंगलबार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापा को सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा बसेको छ। बैठकको प्रारम्भमा सभापति थापाले मन्तव्य राख्दै बैठक अघि बढाएका थिए भने महामन्त्री प्रदीप पौडेल ले विभिन्न प्रस्तावहरू छलफलका लागि प्रस्तुत गरेका थिए ।

बैठकमा समसामयिक विषय सुशासन स्थापना गर्न पार्टीको भूमिका, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन गरिएको छ । १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठन लगायतका विषयमा छलफल भएको छ। त्यस्तै प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश र स्थानीय सरकारसँग समन्वय, भ्रातृ तथा शुभेच्छुक संस्थासँग सम्बन्ध, केन्द्रीय लेखा समिति गठन तथा विविध विषयमा पनि छलफल गरिएको छ।

बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक पुनः २०८२ चैत ११ गते बिहान ११ बजे बस्ने जनाइएको छ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी प्रेस विज्ञप्तिमा बैठक संगठन सुदृढीकरण र आगामी कार्यक्रम प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको उल्लेख गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button