लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीप्रदेश

दल नेता र १५ मन्त्री: बालेन शाहको सरकारमा

प्रहार समाचार । काठमाडौँ, १० चैत्र २०८२ मंगलबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार, चैत १२ गते अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा संसदीय दल नेता चयनबारे छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। रास्वपाले चुनावअघि वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गरेको थियो।

 

यससँगै, रास्वपाको सरकार बालेन शाह नेतृत्वमा पहिलो दिनदेखि नै पूर्ण मन्त्रिपरिषद गठन गर्ने तयारीमा रहेको छ। प्रारम्भिक योजना अनुसार मन्त्रिपरिषदमा करिब १५ जना मन्त्री हुने आँकलन गरिएको छ। संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार तय गरेको छ। त्यसपछि केन्द्रीय समितिले पार्टी विधानको व्यवस्थाबारे छलफल गर्नेछ।

विधानको धारा ६६ (८) अनुसार पार्टीले प्रतिनिधि सभा संसदीय दलको नेता चयन गर्ने व्यवस्था गरेको छ। परम्परागत रूपमा समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूबीच चुनाव गरिने र सबै पार्टीका साधारण सदस्यहरूले मतदान गर्ने प्रावधान रहेको छ। तर यसपटक बैठकमा वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने कार्यसूची रहेको रास्वपाका नेताहरूले बताएका छन्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button