हेडलाईनसमाचार

इरानको आक्रमणपछि इजरायलको विद्यालयहरू बन्द

प्रहार समाचार। काठमाडौं , ८ चैत २०८२ आइतबार। क इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरी ठूलो क्षति पुर्‍याएपछि त्यहाँका सबै विद्यालय बन्द गरिने निर्णय गरिएको छ। इजरायलका शिक्षामन्त्रीका अनुसार डिमोना र अरदमा भएको इरानी हमलापछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग परामर्श गरेर यस्तो निर्णय लिइएको हो।

उनले भने, “आइतबार र सोमबारका लागि सबै प्रकारका छुटहरू रद्द गरिएका छन् र कुनै पनि भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइने छैन।” साथै विशेष शिक्षाका लागि दिइएका छुटहरू पनि स्थगित गरिएका छन् र देशभर अनलाइन कक्षा सञ्चालन गरिने जनाइएको छ। मंगलबारपछि अवस्थाको मूल्याङ्कन गरेर मात्र विद्यालय सञ्चालनबारे पुनः निर्णय लिइने बताइएको छ। इजरायलको आपतकालीन सेवाले इरानी आक्रमणबाट ठूलो क्षति भएको जनाएको छ। प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले उक्त रातलाई “अत्यन्त कठिन” भएको प्रतिक्रिया दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button