हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर बदली र वर्षा–हिमपातको चेतावनी, चट्याङ्ग र असिनाले जोखिम उच्च

प्रहार समाचार । काठमाडौँ, ७ चैत २०८२ शनिबार । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभावका कारण मौसम बदली भई अधिकांश स्थानमा बादल लागेको छ। मधेशदेखि सुदूरपश्चिमसम्मका प्रदेशहरूमा मौसम अस्थिर बनेको छ भने पहाडी र हिमाली भू–भागमा अझ बढी प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपात भइरहेको छ । तस्बिर : सामाजिक संञ्जाल

शनिबार दिउँसो देशभर मौसम थप सक्रिय हुने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, कृषि तथा यात्रामा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।


राति भने मौसम केही कमजोर भए पनि पूर्णरूपमा खुल्ने सम्भावना छैन। हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा जारी रहने अनुमान छ। महाशाखाले विशेष गरी चट्याङ्ग, असिना र हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button