हेडलाईनसमाचारप्रदेश

नेविसंघको १२औँ महाधिवेशन वैशाख २०–२१ मा गर्ने प्रस्ताव ।

प्रहार समाचार । काठमाडौँ,६ चैत २०८२ शुक्रबार। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औँ महाधिवेशन आगामी वैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ। शुक्रबारदेखि सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्तुत गरेको कार्यतालिकामा उक्त मिति तय गरिएको उल्लेख छ।

प्रस्तावित कार्यतालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि चयन तथा नामावली प्रकाशन गरिनेछ। त्यसपछि चैत २५ गते माध्यमिक विद्यालय तहमा, चैत २७ गते स्थानीय तहमा र चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान तथा सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमा अधिवेशन सम्पन्न गरिनेछ। यस्तै, वैशाख ६ गते सबै ७७ जिल्लामा अधिवेशन आयोजना गरिनेछ भने वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति तथा समन्वय समितिका अधिवेशन हुने तालिका छ। वैशाख १५ गते प्रदेश अधिवेशन सम्पन्न गरी अन्ततः वैशाख २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button