हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम: पहाड तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ४ चैत २०८२ बुधबार । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज हिमाली क्षेत्रमा बादल लाग्ने तथा पहाडी र तराई भूभागमा आंशिक बदली रहने अवस्था बनेको छ।


आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसमविद्ले उच्च भूभागमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।


त्यस्तै आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य स्थानमा मौसम आंशिकदेखि मुख्यतया सफा रहनेछ। सुदूरपश्चिमका केही उच्च भूभागमा भने पुनः चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने जनाइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button