हेडलाईनसमाचारप्रदेश

धनुषा–१ विवाद : सर्वोच्चले रोक्यो कालोसूची निर्णय

प्रहार समाचार । २८ फागुन २०८२ बिहीबार । धनुषा–१ बाट किशोरी साह कमल ले दायर गरेको रिटमा सर्वोच्च अदालत (नेपाल) ले उनको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो। साहले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग (नेपाल) तथा धनुषाको जिल्ला निर्वाचन कार्यालयलाई विपक्षी बनाएर बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कर्जा सूचना केन्द्रले आफूलाई कालोसूचीमा राखेपछि त्यसकै आधारमा आफ्नो उम्मेदवारी खारेज गरिएको दाबी गर्दै उनी अदालत पुगेका हुन्। यसअघि उनले निर्वाचन आयोगविरुद्ध फागुन १९ गते अर्को रिट पनि दायर गरेका थिए। सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा अदालतले शुक्रबारका लागि छलफल तय गरेको थियो।

तर त्यसअघि नै उनले कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट दायर गरेका थिए। यसबीच अदालतले कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएपछि अब उनको उम्मेदवारीको अवस्था के हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button