हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका धेरै ठाउँमा बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २८ फागुन २०८२ बिहीबार । आज देशका अधिकांश क्षेत्रमा मौसम बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।


आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भाग तथा कर्णाली र सुदूरपश्चिमका उच्च क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button