हेडलाईनसमाचारप्रदेश

नयाँ संसदमा महिला उपस्थिति बलियो बन्दै, रास्वपाबाटै ४८ महिला सांसद

प्रहार समाचार । काठमाडौं, २७ फागुन २०८२ बुधबार । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुन लागेको नयाँ संसदमा महिलाको उपस्थिति उल्लेख्य रूपमा बढ्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट दलहरूले महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार यसपटक संसदमा उल्लेख्य संख्यामा महिला सांसद पुग्ने भएका छन्। तस्बिरहरु :सामाजिक संञ्जाल ।

निर्वाचन परिणामअनुसार सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मात्रै ४८ जना महिला सांसद प्रतिनिधिसभामा पुग्ने भएका छन् । रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट महिला प्रतिनिधित्व सुनिश्चित गर्दै सबैभन्दा बढी महिला सांसद पठाउने दल बनेको छ।
नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ एक महिला उम्मेदवार विजयी भएकी छन् भने समानुपातिक सूचीबाट थप महिला सांसद चयन हुनेछन् । यससँगै कांग्रेसबाट कुल १२ जना महिला सांसद प्रतिनिधिसभामा पुग्ने देखिएको छ।

नेकपा (एमाले) का महिला उम्मेदवारले प्रत्यक्षतर्फ भने सफलता हासिल गर्न सकेनन् । त्यसैले एमालेबाट संसदमा जाने सबै ९ जना महिला सांसद समानुपातिक प्रणालीबाट चयन हुने भएका छन्। त्यस्तै नेकपाले पनि समानुपातिक प्रणालीमार्फत ६ जना महिला सांसद प्रतिनिधिसभामा पठाउनुपर्ने अवस्था रहेको छ । श्रम संस्कृति पार्टीबाट २ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पनि २ जना महिला सांसद समानुपातिक सूचीबाट प्रतिनिधिसभामा आउनेछन्।


विश्लेषकहरूका अनुसार नयाँ संसदमा बढ्दै गएको महिला सहभागिताले नीति निर्माणको तहमा महिलाको आवाज बलियो बनाउने अपेक्षा गरिएको छ । राजनीतिमा महिला नेतृत्व र सहभागिता बढ्दै जानु लोकतन्त्रलाई थप समावेशी र सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button