हेडलाईनव्याससमाचारगण्डकीविजनेस

‘ऐश्वर्य न्यूटि स्टोर’ दमौलीमा निःशुल्क स्किन परीक्षणमा उत्साहजनक सहभागिता

प्रहार समाचार । तनहुँ, १४ फागुन २०८२ बिहीबार । ऐश्वर्य व्युटि स्टोरले दमौलीमा सुरु गरेको चार दिने निःशुल्क स्किन परीक्षण कार्यक्रमप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ। व्यास नगरपालिका–३ सफासडक प्रशासन चोक नजिक सञ्चालनमा रहेको उक्त स्टोरले “सौन्दर्य सेवा फेसन मात्र नभई स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो” भन्ने सन्देशका साथ कार्यक्रम सुरु गरेको हो।

परिक्षणको पहिलो दिनमै महिला तथा पुरुषको उल्लेख्य उपस्थिति देखिएको छ। स्टोरकी प्रोपाइटर कञ्चना काफ्लेका अनुसार अत्याधुनिक स्किन एनालाइजर मेसिनमार्फत अनुहारको छाला परीक्षण गरी छालाको प्रकार, देखिएका समस्या तथा आवश्यक उपचार विधिबारे प्रत्यक्ष परामर्श प्रदान गरिएको छ। परीक्षणमा सहभागीलाई छालासम्बन्धी समस्या पहिचान, दैनिक हेरचाह, जीवनशैली सुधार र उपयुक्त उपचारबारे प्राविधिक सुझाव दिइएको उनले जानकारी दिइन्। पहिलो दिनमै ३८ जनाभन्दा बढीले सेवा लिएका छन्।

व्यवसाय सञ्चालनसँगै हाल दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीयस्तरमै गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्ने उद्देश्यसहित आगामी दिनमा व्यवसाय विस्तार गरी थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको काफ्लेको भनाइ छ। सौन्दर्यसँगै स्वास्थ्य सचेतनालाई अघि बढाउने पहलका कारण ऐश्वर्य व्युटि स्टोर दमौली क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा स्थापित हुने अपेक्षा गरिएको


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button