हेडलाईनसमाचारप्रदेश

आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस : देशभर भव्य रूपमा मनाइँदै

प्रहार समाचार । काठमाडौं, ७ फागुन २०८२ बिहीबार । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा हरेक वर्षझैँ यस वर्ष पनि विशेष समारोह आयोजना गरिएको छ । समारोहमा सरकार, सुरक्षा निकाय, राजनीतिक दल तथा विभिन्न संघ–संस्थाको सहभागिता रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्य रूपमा मनाउन प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । देशभर सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक स्थानमा प्रजातन्त्रको महत्व झल्किने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।


विक्रम संवत् २००७ साल फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तनलाई लोकतन्त्र प्राप्तिका लागि भएको पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलनका रूपमा लिने गरिन्छ । आजको दिनलाई जनताको अधिकार, स्वतन्त्रता र अग्रगामी राजनीतिक परिवर्तनका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिनका रूपमा स्मरण गरिन्छ । यसैबि राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ को अवसरमा आज तनहुँको सदरमुकाम दमौलीमा आयोजित नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम (नसर्ने रोग सम्बन्धी स्क्रिनिङ) कार्यक्रम सम्पन्न भएको छ। । उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र दिवस-२०८२ मूल समारोह समिति तनहुँको आयोजना र प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय र व्यास नगरपालिका कार्यालय, तनहुँको समन्वयमा संयुक्त रूपमा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button